अर्थ राजनीति ~ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो ।प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् ।
घिसिङको नियुक्त विरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा
