महन्थ ठाकुर समूहले दल दर्ता गर्दै , रेशम चौधरी अब कता ?

Machchapuchchre

अर्थ राजनीति ~   निर्वाचन आयोगमा तटस्थ बसेका जसपाका निलम्बित सांसद रेशम चौधरीले आज अन्तिम निर्णय गर्नुपर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने भएको छ। जसको पूर्ण तयारी समेत  भइसकेको छ। यस्तो अवस्थामा रेशम चौधरीले आफ्नो अन्तिम निर्णय सुनाउनुपर्ने भएको छ। उपेन्द्र यादव समूहले रेशम चौधरी आफूहरुको पक्षमा रहेको भन्दै उनको कार्यकारिणी सदस्य पद यथावत राखेका छन्। यसबीचमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि रेशम चौधरीलाई आफ्नो पक्षतिर उभिन निरन्तर लबिङ गरिरहेका छन्। यता महन्थ ठाकुरले केही दिनअघि तराईका जिल्लाहरुमा गरिएको भेलाहरुमा डटेर रेशम चौधरीको रिहाइको आवाज उठाएका छन्। यस्तो अवस्थामा रेशम चौधरी कुन समूहतिर लाग्ला? यसको जवाफ पनि केही समयमा आइ नै हाल्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्