प्रदेश २ को प्रदेश प्रमुख हेरफेर : राजेश झा पदमुक्त, हरिशंकर मिश्र नियुक्त

Machchapuchchre Bank

अर्थ राजनीति  ~  सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद्को  बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । अहिराजलाई अघिल्लो केपी शर्मा ओली सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।  उनी बीपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्