वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

Machchapuchchre

अर्थ राजनीति  ~  वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः ०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार बैठकका लागि आज अपरान्ह ४ः ०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख सानु कुमार श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्