बैंकिङ कसुरमा अर्का एक फरार अभियुक्त पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  ललितपुर प्रहरीले एक करोड १५ लाख बढी रुपैयाँ बैंकिङ कसुर गरेका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका हिरा महर्जन रहेका छन् । उनी विरुद्ध ललितपुर जिल्ला अदालतले एक करोड १५ लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय सुनाएको छ । वैंकिङ्ग कसुर मुद्दाको फरार उनलाई महानगरिय प्रहरी वृत्त चापागाउँबाट खटेको प्रहरी निरिक्षक राजेन्द्र थापा सहितको टोलीले निजकै घरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाईएको जनाईएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्