कोषले साँवा नै खाइदिने भन्दै बैंकका पुराना कर्मचारी जागिर छोड्दै

Machchapuchchre

अर्थ राजनीति  ~  सामाजिक सुरक्षामा जाँदा अहिलेसम्म जम्मा भएको पैसासमेत बुझाउनु पर्ने कानुनी ब्यवस्था भएको भन्दै पुराना बैंकहरुमा लामो समयदेखि काम गरेका कर्मचारीहरुले राजीनामा गर्न थालेका छन्। नबिल बैंकमा बुधबार मात्रै ५ जनाले राजीनामा गरेका छन् भने त्यसअघि अन्य चार जनाले राजीनामा गरिसकेका थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा पनि केही कर्मचारीले राजीनामा गरिसकेका छन्। एभरेष्ट बैंकमा लामो समयदेखि काम गरेका केही कर्मचारीले राजीनामा गरिसकेका छन् भने बैंक अफ काठमाण्डू (बिओके) र सिद्धार्थ बैंकका केही कर्मचारीले राजीनामा दिने बारे माथिल्लो ब्यवस्थापनलाई जानकारी गराएका छन्। बैंकर्सहरुको छलफलमा केही प्रमुख कार्यकारी अधिकृतहरुले कर्मचारीहरुले धमाधम राजीनामा गरेको बताएका छन्। बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यसको पुष्टी गर्दै राजीनामा आउन थालेको सिइ‌ओहरुले जानकारी दिएको बताए। सामाजिक सुरक्षामा जाँदा अहिलेसम्म जम्मा भएको पैसासमेत बुझाउनु पर्ने कानुनी ब्यवस्था भएको भन्दै पुराना बैंकहरुमा लामो समयदेखि काम गरेका कर्मचारीहरुले राजीनामा गर्न थालेका छन्। नबिल बैंकमा बुधबार मात्रै ५ जनाले राजीनामा गरेका छन् भने त्यसअघि अन्य चार जनाले राजीनामा गरिसकेका थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा पनि केही कर्मचारीले राजीनामा गरिसकेका छन्। एभरेष्ट बैंकमा लामो समयदेखि काम गरेका केही कर्मचारीले राजीनामा गरिसकेका छन् भने बैंक अफ काठमाण्डू (बिओके) र सिद्धार्थ बैंकका केही कर्मचारीले राजीनामा दिने बारे माथिल्लो ब्यवस्थापनलाई जानकारी गराएका छन्। बैंकर्सहरुको छलफलमा केही प्रमुख कार्यकारी अधिकृतहरुले कर्मचारीहरुले धमाधम राजीनामा गरेको बताएका छन्। बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यसको पुष्टी गर्दै राजीनामा आउन थालेको सिइ‌ओहरुले जानकारी दिएको बताए।

सामाजिक सुरक्षा कोषले कार्यविधि संशोधन गरेर पुरानो सञ्चय कोषको रकम जम्मा गर्न नपर्ने ब्यवस्था ‍गरेको छ। तर ऐनले यसलाई काट्छ। श्रम ऐन संशोधन नभइ कार्यविधिलाई मात्र पत्याउने पक्षमा कर्मचारी देखिएका छैनन्।श्रम ऐनको दफा ५२ को ५ मा ‘यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापित अवकाश कोष वा त्यस्तै अन्य कुनै कोषमा सञ्चित वा रोजगारदाताको जिम्मामा रहेको सञ्चय कोष बापतको रकम यो ऐन प्रारम्भ भएपछि तोकिए बमोजिम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्नु पर्नेछ,’ भन्ने ब्यवस्था यथावत छ।’कर्मचारीमा डरको माहोल छ। सामाजिक सुरक्षा कोषको कतिपय राम्रा प्रावधान छन्। केही प्रावधानहरुले विद्यमान खाइपाइ आएको सुविधा कर्मचारीको घट्ने देखिएको छ,’ केही कर्मचारीको राजीनामा आइरहेको पुष्टी गर्दै एक बैंकका प्रमुख कार्यकारीले भने,’जस्तो सञ्चय कोष फिर्ता नपाउने। सञ्चय कोष राखेर जति ब्याज आउँछ त्यो राखेर आउने पेन्सन कम हुन्छ। सञ्चय कोषको मुलधन नै गायव हुने अवस्था छ। त्यही भएर राजीनामा आउन थालेको हो।’१५ बर्षभन्दा माथि काम गरेका कर्मचारीले राजीनामा गर्न थालेका छन्। उनका अनुसार, सामाजिक सुरक्षा कोषले पेन्सन पाउने जनाएको छ। ‘तर यो कार्यविधिमा भनेको कुरा हो। श्रम ऐनमा भने पुरानो पनि सबै जम्मा गर्नु पर्छ भनिएको छ। कार्यविधि भन्दा ऐन शक्तिशाली हुन्छ। अहिले कार्यविधि संशोधन भएको हो ऐन होइन। ऐन संशोधन नभएसम्म कसरी पत्याउने,’ अर्का एक बैंकरले भने।’ अहिले कोषले अहिलेसम्म जम्मा भएको रकम बीचमा जागिर छाड्दा एकमुस्ठ लैजान पाउने सुविधा दिएको छ। यो सुविधा असार मसान्तसम्म दर्ता हुने कर्मचारीको हकमा लागु हुन्छ। साउन २ गतेबाट दर्ता हुनेले एकमुस्ठ पैसा पाउँदैनन् पेन्सन मात्र पाउँछन्। बैंकर्स संघका प्रमुख कार्यकारी शर्मा पनि कर्मचारीमा अलमल रहेको बताउँछन्। त्यही भएर केही कर्मचारीले राजीनामा गरेको उनले बताए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्