ओलीमाथि माधव नेपालको एकताका लागि दबाब

Machchapuchchre

अर्थ राजनीति  ~  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ। ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ।विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो। नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, वाग्मती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ। एकताबद्ध गरेर अघि बढ्न उहाँ सहमत हुनु भयो। प्रदेशमा पार्टीलाई एकजुट बनाएर अघि लैजान राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समाधान खोजी गर्ने सहमति भएको छ।’ प्रदेश १ मा पनि नेपाल समूहको सहयोगका कारण आइतबार नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ। सर्वोच्च अदालतले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीलाई नचिन्ने आशयको फैसला बिहीबार गरेपछि ओलीले असहज महसुस गरेका छन्। यही बीचमा वाग्मती प्रदेशमा पार्टी एकताका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममा एकजुट भएर प्रस्तुत हुने निर्णय नेपाल पक्षले गरेपछि एमालेभित्रको विवादले नयाँ मोड लिने देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्