अर्थ राजनीति ~ एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक जारी गरेको ऊर्जा ऋणपत्रमा लगानीकर्ताहरुको उल्लेख्य आकर्षण देखिएको छ। बैंकले गत साता जेठ ९ गतेबाट बिक्री खुला गरेको ऋणपत्र पहिलो चार कार्यदिन भित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरेको छ। बैंकले वार्षिक चार प्रतिशत ब्याजदरमा एक अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियो। ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय ऊर्जासम्बन्धी आयोजनाहरूमा लगानी गर्ने योजना बैंकको छ। डेढ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सर्वासाधारणको लागि छुट्याइएको थियो। सर्वसाधारणलाई छुट्याइएको ६ लाख कित्ताको ५ प्रतिशत अर्थात ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि छुट्याइएको छ। बाँकी रहेको पाँच लाख ७० हजार कित्ता ऋणपत्रका लागि बैंकले सर्वसाधारणसँग आवेदन मागेको थियो। हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनासहित अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६% भन्दा बढी रकमको प्रतिबद्धता गरिसकेको छ। ऋणपत्र आह्वान गर्नुको मुलभूत उद्देश्य वास्तविक अर्थ व्यवस्थाको समग्र विकासका लागि टेवा पुर्याउने प्रतिबद्धता अनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ सेवा प्रदान गर्ने रहेको बैंकले जनाएको छ। कोरोना महामारीको विषम परिस्थिति र यसको प्रभावका बाबजुद पनि एनएमबि ऊर्जा ऋणपत्र खरिद गरी सहयोग गरेकोमा बैंकले सबै सरोकारवालाहरु प्रति कृतज्ञता व्यक्त गरेको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति