अर्थ राजनीति ~ नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा दिउँसो तीन बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले पदाधिकारी बैठक पछि विपक्षी गठबन्धनका नेताहरूसँग नयाँ सरकार गठनबारे छलफल गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले विपक्षी दलहरूसँग छलफल गर्न लागेका हुन् ।देउवाले सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, जसपालगायत दललाई बोलाएका छन् ।
नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
