अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक लिमिटेडले चैत्र १ गते देखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ० करोड रुपैयाँ बराबरको १ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुने गरी तोकिएको बैंकले जनाएको छ । ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने वार्षिक ८.५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित क्रणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति