पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्वभाविक : मन्त्री भट्ट

Machchapuchchre

अर्थ राजनीति  ~  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफूले हस्तक्षेप नगरेको बताएका छन् । नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्न तथा घटाउन सरकारले कुनै हस्तक्षेप नगरेको बताए । अन्य मुलुकको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनाइ छ । भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । “जनतालाई मूल्यवृद्धिले असर गर्ने कुरो अन्य मुलुकमा कसरी बेहोरेको छ भन्ने बारेमा त्यसको अध्ययन गर्न जरुरी रहेको उनले बताए । “भोली यसलाई अटोमेशनमा लैजाने भन्ने फेरि मूल्यवृद्धि हुन नदिने हो भने त्यो अटोमेशनको अर्थ हुँदैन” उनले भने, मैले कहिँपनि त्यो हस्तक्षेप गरेको छैन, भारतसँगको मूल्यमा उता सस्तो भयो भने यताबाट पारी जान्छ । त्यो ध्यान दिनुपर्छ ।”
मन्त्री भट्टले निर्माण नचाहाने प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । “हिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन्” उनले भने, “विकास नचाहाने, बिनाश चाहाने प्रवृत्ति पनि छ ।” मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमी कमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न आग्रह् गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्