अर्थ राजनीति ~ नेपाल सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गर्ने योजना सुरु गरेको छ । त्रिभुवन विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको जनाएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको हो जसअनुसार अब नेपाली मुलका विदेशी वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने व्यवस्था मिलाइएको छ । यसबाहेक कुटनीतिक/औपचारिक राहदान बाहक वा यूएनका कर्मचारी तथा नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने भएको छ । विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । अनअराइभल सुविधा भने अहिले त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध गरिने भएको छ । स्थलमार्गबाट प्रवेश गर्न चाहने विदेशी नागरिकले भने नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने पुरानै ब्यबस्था रहेको छ ।
गैरआवासीय नेपालीलाई अनअराइभल भिसा
