अर्थ राजनीति ~ नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै छ । उनलाई बिहान ११ बजेको उडानबाट मुम्बई लैजान लागिएको छ । सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि रहने प्रचण्डको सचिवालयले बताएको छ । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिँदै
