अर्थ राजनीति ~ शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको एक प्रहरी अधिकारीले जानकारी दिए र ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्नमा आयो ।
शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते
