अर्थ राजनीति ~ पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको छ । चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले बताएको छ । केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।
नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु
