प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा, शाखा संख्या १९९ पुग्यो

Machchapuchchre

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् ।

कार्यक्रममा देवकोटाले प्रभु बैंकको यस अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । शाखा विस्तारले स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्दि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्