अर्थ राजनीति ~ कोरोनाको कारणले हवाई उडान नौ महिना जति बन्द भएको थियो । आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । आज नेपाल एयरलाइन्स जहाजको पहिलो उडान हो । नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने भएको छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । नेपाल र भारतबीच दैनिक एक/एक वायुसेवाबाट उडान गर्ने सहमति बनेको छ । यसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । उक्त कम्पनीले भने उडान मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।
आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु
