वीरगञ्ज महानगरपालिका–४ स्थित  क रोडौं मूल्यकोजग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान

Machchapuchchre

अर्थ राजनीति ~ वीरगञ्ज महानगरपालिका–४ स्थित  करोडौं मूल्यको जग्गा किर्ते प्रकरणमा ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पर्सा जिल्ला अदालतले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।बुधबार पर्सा जिल्ला अदालतले  किर्ते गरी जग्गा नामसारी गरेको आरोपमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । लेखनदास अमर साह कानु भने १ लाख धरौटीमा रिहा भएका छन ।

 

 

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्