बालिका बलात्कारको आरोपमा दुई जना युवा पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवालाइ प्रहरीले  पक्राउ गरेका  छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको अरोप लागेको छ ।  अमरपट्टीका उमेशलाई ६ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेको छ । आरोपी दुवैमाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बर्तौलाले जानकारी दिए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्