अर्थ राजनीति ~ ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको छ । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो । उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।