राष्ट्रिय वाणिज्य बैंक र पूर्व सशस्त्र प्रहरी संघबीच १० लाख रुपैयाँसम्म कर्जा दिने सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रिय वाणिज्य बैंक र नेपाल पूर्व सशस्त्र प्रहरी संघबीच पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिस गर्नेछ । बैंकले सिफारिस भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम १० लाख रुपैयाँसम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्