अर्थ राजनीति ~ महराजगञ्ज नगरपालिकामा आज १२ जना कोरोना संक्रमित भेटिएका छन् ।
महराजगञ्जको सिसवा स्वास्थ्य चौकीमा संकलन गरिएको उनीहरुको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । आज भेटिएका १२ जनामध्ये महराजगंजका ९ जना र विजयनगर गाउँपालिकाका ३ जना रहेका छन् ।
उनीहरु विजयनगरको जुटपानीको क्वारेन्टाइनमा बसेका थिए । भेटिएका सबै भारतबाट आएका व्यक्तिहरु हुन् ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।