कोरोना संक्रमितको संख्या नेपालमा २४९, बिश्वोभर ४५ लाख बढी, ३ लाख बढीको मृत्यु

Machchapuchchre

अर्थ राजनीतित – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८७ हजार व्यक्तिले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या साढे १४ लाख नाघेको छ ।

अमेरिकापछि धेरै ज्यान गुमाउने बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।

इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या दुई लाख ५२ हजारभन्दा बढी हुँदा मृतकको संख्या २३ सय नाघेको छ । तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्