बागलुङ दुर्घटनाप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

Machchapuchchre

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका-७ भीमगिठेमा जीप दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

साथै सभापति देउवाले पछिल्लो समय एकछि अर्काे गर्दै ठूलो दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार गुल्मीबाट बागलुङको निसिखोला जाँदै गरेको जीप बडिगाड गाउँपालिकाको भीमगिठेस्थित सडकबाट करिब ५ सय मिटर तल खोलामा खस्दा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएको बागलुङ प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्