नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति – नेपालमा शुक्रबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् ।

उदयपुरको झुल्केस्थित एक मस्जिदमा लुकेर बसेका १६ जना भारतीय र बंगाली मुस्लिममध्ये ‘पीसीआर’ परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु २२ देखि ४० वर्षसम्मका पुरुषहरु भएको पनि मन्त्रालयले जनाएको छ ।

मस्जिदमा विदेशी मुस्लिमहरु लुकेर बसेको थाहा पाएपछि प्रशासनले उनीहरुलाई समातेर परीक्षण गराएको थियो ।

यता, चितवनमा पनि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले पुष्टि गरेको छ ।

चितवनको राप्ती नगरपालिकाका ६३ वर्षीया आमा र २७ वर्षीय छोरामा संक्रमण देखिएको हो । उनीहरु एक महिनाअघि बेलायतबाट आएको जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्