नेपालमा थप तीन जनामा कोरना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टी

Machchapuchchre

काठमाडौं । नेपालमा थप तिन जनामा कोरना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टी भएको छ । तिनै जना नयाँ संक्रमित सुदूरपश्चिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ । कंचनपुरमा क्वारेन्टाइनमा राखिएका उनको काठमाडौंमा परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । संक्रमित सहित तीन जना भारतबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

सशस्त्र प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो । त्यसमध्ये दुई जना फरार छन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै, मुम्बईबाट आएका कैलालीका २१ वर्षीयमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, अर्को कोरोना केस स्थानीयमा सरेको पाइएको छ । यसअघि दुबईबाट फर्केका धनगढी ३४ वर्षीय युवामा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनकी भाउजुको थ्रोट स्वाब परिक्षण गर्दा उनमा पनि कोभिड–१९ पोजेटिभ देखिएको हो ।

यो स्थानीयमा कोभिड–१९ सरेको पहिलो हो । यसअघि नेपालमा कोभिड–१९ का आयातीय संक्रमितहरु मात्रै देखिएका थिए । यससँगै नेपालमा कोभिड–१९ पोजेटिभको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुकमार्फत पनि यसको पुष्टी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्