२६४ यात्रु बोकेर आज नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्दै

Machchapuchchre

काठमाडौं । नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्न लागेकाे छ । बुधबार साझ ५ बजेर ३० मिनेटमा २ सय ६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको बिभाग प्रमुख ज्वार्चनले बताए । चीनको वाइडबडी जहाज बिहिवार भने चीनको ग्वाङ्झाउ जाँदैछ ।

नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् । नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्