काठमाडौं । प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए ।
९ हजार ३ सय ३८ कुल मत खसेकोमा ९ हजार ७७ मत सदर तथा १ सय ६१ मत बदर भएको थियो । गत चुनावमा यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र जनमोर्चाका संयुक्त उम्मेद्वार टेकबहादुर घर्ती मगर विजयी भएका थिए ।