कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

Machchapuchchre

काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक जना युवतीको मृत्यु भएको छ । वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउदाँ ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।

यसअघि लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको थियाे । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् । त्यस्तै पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए ।

उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्