कोरोना भाइरस – इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु

Machchapuchchre

काठमाडाैं । यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो । इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थपिन थालेका छन् । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्