प्रधानमन्त्री ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गरिँदै

Machchapuchchre

काठमाडौं । १० दिनअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई आज (सुक्रबार) साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । संग्रौला भने बुधवार नै डिस्चार्ज भएकी थिइन् ।

प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । १२ वर्ष अघि प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्