बैंक अफ काठमाण्डूद्वारा नेपालगन्जमा रक्तदान तथा सहयोग कार्यक्रम

Machchapuchchre

काठमाडौं । बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको छ । हालसम्म यस बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्