फागुन ७ देखि ११ गतेसम्म महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायो विशेष योजना

Machchapuchchre

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् । साथै, यो योजनामा महिला ग्राहकले १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्