महराविरुद्धको मुद्धामा भोलि मात्र फैसला आउने

Machchapuchchre Bank

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसाला सुनाउने सह-प्रवक्ता टीकासिं खत्रीले बताए । आइतबार नै फैसाला सुनाउने तयारी भएपनि समय अभाव कारण सोमबारलाई सारिएको प्रवक्ता खत्रीले बताए ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए।सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्