ओमानविरुद्ध नेपालको मन्द शूरुवात, हेर्नुहाेस भिडियाे लाइभसहित

Machchapuchchre

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् ।

कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको खेल राष्ट्रिय टोलीबाट खेलेको पहिलो खेल हो । एकदिवसिय शृङ्खलामा डेब्यु अवसर पाएका ऐरीको प्रदर्शन भने यसअघिका खेलका नेपालका डेब्यु गरेको खेलाडीको जस्तो हुन्छ हुँदैन भन्ने हेर्न बाँकीछ ।

यसअघि एकदिवसियमा डेब्यु गरेका सुशन भारीले डेब्यु खेलमा ५ विकेट लिएका थिए भने कुशल मल्लले अर्धशतकिय किर्तिमानी इनिङ खेलेका थिए । लिग २ अन्तरगत नेपाल अमेरिका र ओमानबीचको शृङ्खलामा नेपालले शनिबार पहिलो जीत हात पारेको थियो । लिग २ अन्तर्गत त्रिकोणात्मक शृङ्खला विश्वकप २०२३ को रोडम्यापसमेत हो । यसको शीर्ष ३ टाली दोस्रो चरणको क्वालिफायरमा पुग्नेछन् भने पुछारका ४ टोली च्यालेन्जर खेल्नेछन् । हेर्नुहाेस भिडियाे

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्