कोरोनाले तोड्यो सार्सको रेकर्ड, मृत्यु हुनेको संख्या ८ सय ३ पुग्यो

Machchapuchchre

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणले सन् २००३ मा सार्स महामारीले निम्त्याएको प्रकोपलाई उछिनेको छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरना भाइरसले त्यहाँ मात्रै ७८० जनाको ज्यान लिइसकेको छ। यो भाइरसको संक्रमणबाट हालसम्म ८०३ जनाले ज्यान गुमाएका छन् जसमा एक जनाको मृत्यु चीनबाहिर फिलिपिन्समा भएको छ।

सार्स महामारीका बेलामा सन् २००३ मा दुई दर्जन देशका ७७४ जनाले ज्यान गुमाएका थिए। कोरोनाभाइरसबाट हालसम्म ३४ हजार ८ सय जना संक्रमित भएका छन् जसमा लगभग सबैजसो चीनबाट रहेका छन्। यसगरी हुबेईका अधिकारीहरूले शनिबार कोरोनाभाइरसका ८१ नयाँ संक्रमितहरूको मृत्यु भएको जनाएको छ। यसले हुबेईमा मात्र यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ।

यस्तै कोरोनासंक्रमणको जोखिमलाई कम गर्ने हङ्कङले नयाँ क्वारेन्टाइन अनिवार्य गरेको छ। उसले चीनको मुख्यभूमिबाट हङ्कङ प्रवेश गर्ने जोकोहीलाई दुई साताको अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताएको छ। नियम अनुसार चीनको मुख्यभूमिबाट हङकङ आउने पाहुना होटल तथा सरकारले बनाएका सरकारी क्वारेन्टाइन केन्द्रमा दुई सातासम्म एक्लै बस्नुपर्नेछ।

नियमको उलंघन गर्नेलाई उसले कडा सजाय हुने बताएको छ। हङ्कङमा कोरोनोभाइरस संक्रमणका २० वटा मामिलाहरु पुष्टि भएको छ। यसैगरी फ्रान्सले पनि सो भाइरसबाट आफ्नो मुलुकमा संक्रमित हुनेको संख्या ११ पुगेको जनाएको छ। शनिबार संक्रमणका ५ नयाँ बिरामी फेला परेको उसले बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्