प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ गरेको छैन – प्रचण्ड

Machchapuchchre

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ नगरेको बताएका छन् । कान्तिपुर कनक्लेभमा ‘प्रचण्डसँग परिसंवाद’ सत्रमा उनले सरकार संचालनका लागि सरकारलाई सहयोग गरिरहेको बताएका हुन् ।

चुनाव पहिला नै ओलीलाई प्रधानमन्त्री घोषणा गरेर आएकाले सरकार संचालनमा पूर्ण सहयोग गरिरहेको दाहालले बताएका हुन्। उनले ओलीलाई पाँच वर्षको कार्यकाल नै प्रधानमन्त्री रहेर सञ्चालन गर्न भनेकाले त्यसमा सहयोग नै गरेको बताए। आफूलाई प्रधानमन्त्री बन्न हतारो नभएको र आगामी दिनमा मुलुक राम्रोसँग संचालन हुने भए आफू प्रधानमन्त्री नबनेपनि सन्तुष्ट रहने दाहालको भनाइ थियो।

एमसीसी र सरकारका कामलाई लिएर प्रधानमन्त्रीलाई काम गर्न नदिएको हो भन्ने कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माको प्रश्नमा दाहालले सरकार संचालनमा कुनै पनि असहयोग नगरेको बताएका हुन्। वर्तमान सरकार विगतको जस्तो सामान्य सरकार नभएको दाहालको भनाइ थियो। जनताले वर्तमान सरकारबाट जनताले विकास र सुशासनका क्षेत्रमा र दैनन्दिक जीवनमा परिवर्तनको अपेक्षा गरेको उनले बताए।

सरकारले अनर्राष्ट्रिय सम्बन्ध विस्तार र ठूला पूर्वाधार निर्माणमा सकरात्मक काम गरिरहेको बताउँदै दाहालले सरकारले केही गरेन भन्ने कुरा गलत भएको बताए। तैपनि जनतामा सरकारका कामलाई लिएर असन्तुष्टि रहेको भने उनले स्वीकार गरेका थिए। उनले भने, ‘सरकारले केही गरेन भन्ने त होइन तर जति तीव्र गतिमा जनतालाई राहत, विकास खोजेका थिए त्यो भएको छैन भन्ने परेको छ।’ ‘अब सरकार र पार्टीले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ भन्ने लागेको,’ दाहालको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्