राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Machchapuchchre

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५५ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय परिसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा १ सय ५४ जनाले रक्तदान गरेका थिए ।

बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्