इरानी राष्ट्रपति खामेनीले जाेकरको संज्ञा दिएपछि ट्रम्पको भने – ‘मुख सम्हालेर बोल’

Machchapuchchre Bank

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति आयातोल्लाह अली खामेनीलाई बोलीमा लगाम लगाउन चेतावनी दिएका छन् । शुक्रबार खामेनीले आफूलाई ‘जोकर’को संज्ञा दिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले खामेनीले अमेरिका र युरोपका बारेमा तुच्छ टिप्पणी गरेको बताएका छन् । ‘इरानका ‘तथाकथित सर्वोच्च नेता’, जो पछिल्लो समय सर्वोच्च छैनन्, उनले अमेरिका र युरोपका बारेमा तुच्छ टिप्पणी गरेका छन् । उनको अर्थतन्त्र डामाडोल छ । उनका आफ्नै नागरिक समस्यामा छन् । उनले आफ्नो बोलीमा लगाम लगाउनै पर्छ,’ ट्रम्पले ट्वीटमा लेखेका छन् ।

खामेनीलेराजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रबार ८ वर्षपछि सार्वजनिक सम्बोधन गरेका खामेनीले इरानका जनतालाई समर्थन गरेजस्तो देखाएको भन्दै ट्रम्पलाई ‘जोकर’ भनेका थिए। अमेरिकी हवाई हमलामा मारिएका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा लाखौं सहभागी हुनुले इरानी जनताले इस्लामिक गणतन्त्रको समर्थन गरिरहेको प्रस्ट भएको सम्बोधनका क्रममा खामेनीले बताए।

इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा अति प्रभावशाली सैन्य नेतृत्व गरेका सुलेमानीलाई अमेरिकाले जनवरी ३ मा ‘कायरतापूर्वक हत्या गरेको’ उनले आरोप लगाए। उनको हत्याको बदलामा इरानले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा कैयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

यद्यपि सो आक्रमणबाट कुनै ठूलो क्षति नभएको वासिङ्टनको दाबी छ। इरानले प्रहार गरेको क्षेप्यास्त्र ‘आफूमात्रै विश्वको शक्ति सम्पन्न राष्ट्र हौं’ भन्ने अमेरिकी इज्जतमा प्रहार भएको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्