सहयोगी विकास बैंक, सिटिजनस बैंकसंग गाभिने

Machchapuchchre

अर्थ राजनीति ।  सिटिजनस बैंक र सहयोगी विकास बैंक एक हुनको लागि अन्तिम सम्झौता भएको छ। सिटिजनसका संचालक तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सहयोगीका संचालक तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । २०७६ असार २२ गतेका दिन दुई बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो । दुवै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धि बिषेस प्रस्ताव पारित भई नेपाल रास्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र दुई बैक मर्ज भएर एकीकृत कारोबार सुरु हुने जानकारी दिएको छ । सिटिजनस बैंकसंग गरेको सहमति अनुसार सहयोगी विकास बैंकका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर १२.७५ कित्ता शेयर पाउने भएका छन् । हालको  सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ र मर्जर  पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्