इरानी आक्रमणमा ११ अमरिकी सैनिक घाइते भएको खुलासा

RBB

एजेन्सी । जनवरी ८ मा इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य अखडामा गरेको मिसाइल आक्रमणमा ११ अमेरिकी सैनिक घाइते भएको खुलेको छ। अमेरिकी रक्षा मन्त्रालयले सुरूमा उक्त हमलामा कुनै क्षति नभएको दाबी गरेको थियो। अमेरिकाको नेतृत्वमा इराक र सिरियामा आइएसआइस विरूद्ध लडिरहेको सै’न्य गठबन्धनले बिहीबार विज्ञप्ति जारी गर्दै इरानी हमलापछि कयौं अमेरिकी सैनिक बेहोस भएको जनाएको छ।

‘आक्रमणमा कसैको मृत्यु नभए पनि अल असद एयर बेसमा रहेका थुप्रै सैनिकहरूलाई बेहोस हुने समस्या देखिएपछि उपचार गरिएको थियो र उनीहरूलाई थप केही भएको छ कि भनेर अहिले पनि परीक्षण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘तीमध्ये केहीलाई जर्मनीको ल्याण्डस्तुल क्षेत्रीय मेडिकल सेन्टरमा थप परीक्षणणका लगि पठाइएको छ। काम गर्न समक्ष भएको देखिएपछि उनीहरू इराक फर्किनेछन्।’

आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीको ह’त्या भएपछि इरानले जवाफी कारबाहीस्वरूप इराकमा रहेका दुई अमेरिकी सै’न्य अखडामा मिसाइल हानेको थियो। सुरूमा इरानले ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको थियो भने पेन्टागनले कुनै क्ष’ति नभएको बताएको थियो।

अमेरिकी टेलिभिजन संस्था सिएनएनले मध्यपूर्वमा खटिएका अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै उक्त हमलामा ११ सैनिक घाइते भएको र उपचारका लागि तीमध्ये ८ जनालाई जर्मनी र ३ लाई कुवेत पठाइएको जनाएको छ। सुलेमानीको हत्यापछि अमेरिकालाई फाइदा भयो कि इरानलाई

कासिम सुलेमानीको शाब्दिक अर्थ हुन्छ- शान्ति बाँड्ने मानिस वा शान्तिदूत। अरबी भाषामा कासिम भनेको बाँड्ने र सुलेमानी भनेको शान्तिको प्रतिक मान्छे हो। नामको अर्थ र मान्छेको व्यवहार कहाँ मिल्छ र! सुलेमानीले जीवनका ४० वर्ष युद्धमै बिताए।

पछिल्ला २१ वर्ष त सुलेमानीले एलिट कद्स फोर्सको प्रमुख बनेर इरानी सीमाबाहिर देशको प्रभाव विस्तार गर्न युद्ध गराए। ठ्याक्कै एक साताअघि यस्तै एउटा ‘मिसन’ मा हिँडेका उनी इराकको राजधानी बग्दादको विमानस्थलबाट बाहिर निस्कँदै थिए।

सुले’मानी लगायतको टोली गइरहेको गाडीको लस्करमा अचानक ड्रोन हमला भयो। उनी घटनास्थलमै मारिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको सुलेमानीको उक्त हत्याले ४० वर्षदेखि तिक्ततापूर्ण सम्बन्ध भएका अमेरिका र इरानलाई युद्धको संघारमा उभ्याइदियो।

सु’लेमानी इरानको करमान प्रान्तको विकट हिमाली गाउँ रबोरमा जन्मेका हुन्। गरिब किसान परिवारमा जन्मिएका सुलेमानीले राम्रो शिक्षादिक्षा पाएनन्। तर सेनामा उनले यति प्रगति गरे कि सर्वोच्च नेता अयोतोल्लाह अलि खमेनीपछि उनी इरानकै दोस्रो शक्तिशाली व्यक्ति बने। यो उपलब्धीमा उनको युद्ध कौशल योगदान थियो।

पूर्वबडीबिल्डरसमेत रहेका सुलेमानीको ज्यान होचो कदको थियो तर उनी मध्पूर्वकै सबैभन्दा उचो कदका शक्तिशाली सैन्य कमाण्डर थिए। लेबनानको हिजबुल्लाह, इराकका सिया मिलिसियालगायत अरू प्रतिनिधि सैन्य दस्ता चलाएर उनले इरानको हैसियतभन्दा बढी प्रभाव विस्तार गराए।

सुलेमानीको मृत्युले उनको कर्मजस्तै विध्वंश मच्चाउँछ कि नामजस्तै शान्ति बाँड्छ त? उनको हत्यापछिको साता दिनका घटनाक्रम हेर्दा धेरैले चिन्ता गरेजस्तो विध्वंश नभएर बरू तत्कालका लागि केही शान्ति ल्याउने संकेत देखिन्छ।

भनिन्छ- राष्ट्रपति ट्रम्पका कदमको पूर्वानुमान गर्न एकदमै कठिन हुन्छ। पहिला गहिरिएर नसोच्ने ट्रम्पले सनकका भरमा निर्णय लिने भएकाले अर्को कदम के हुन्छ भन्ने उनी स्वयंलाइ पनि थाहा हुन्न। यद्यपी चीनसँगको व्यापार युद्धमा भने धेरैले उनका कदममा ‘मेथड इन म्याडनेस’ (पागलपनजस्तो देखिने योजना) देखेका थिए। सुलेमानीको हत्या गर्ने उनको खतरनाक ‘पागलपन’मा भने कुनै ‘मेथड’ भेट्न गाह्रो छ।

इरान प्रकरणमा ट्रम्पका दुई परस्परविरोधी चरित्रको संगम देखिन्छ। अमेरिका बिनाकारण अरू देशमा अल्झिएको र विदेशी भूमिबाट सेना फिर्ता ल्याउँछु भन्दै ‘डिसइन्गेजमेन्टको’ मुद्दामा उनले सन् २०१६ को राष्ट्रपतीय चुनाव जिते। अहिले फेरि चुनाव हुने वर्ष भने उनले इरानसँग युद्ध नै छेड्न सक्ने निर्णय लिँदा धेरैलाई अचम्म लागेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्