प्राइम बैंकको साधारण सभा आज, कमर्चारीको तलब भन्दा बोनस बढी

Machchapuchchre

अर्थ राजनीति । कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको प्राइम बैंकलाई अझै अर्को राम्रो बैंक मर्ज गर्न सेयरधनीहरूले सुझाएका छन् । हरेक वर्ष बोनस सेयर प्रदान गर्दै आएको प्राइमलाई आगामी दिनमा पनि बोनस शेयर वितरण गरिरहन उनीहरुको आग्रह थियो । साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कैलाश विकास बैंकलाई प्राप्ति गरि बोनस सेयर वितरणपछि चुक्ता पुँजी १३ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा कर्मचारीहरूका लागि ८८ करोड ८३ लाख रूपैयाँ खर्च भएको थियो । कर्मचारीहरूले तलबमात्रै २१ करोड ७६ लाख रूपैयाँ बुझ्दा बोनस भने ३४ करोड ९९ लाख रूपैयाँ पाएका छन् । कर्मचारीहरूले तलबभन्दा अन्य सुविधा तथा बोनस धेरै प्राप्त गरेका हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्