देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु

Machchapuchchre Bank

Artharajniti ~पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालेको हो । प्रहरी प्रधान कार्यालय स्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) बाट नोटिस जारी हुने प्रावधान छ । पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ । देउवा दम्पतीको इस्यु अनुसन्धानकै क्रममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले  बताए । उनले भने, ‘त्यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ ।’देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको विषय महानिर्देशक ठाकुरले अस्वीकार गरेका छन् । तर, विभागका एक जना अधिकृतका अनुसार काठमाडौँ जिल्ला अदालतबाट न्यायाधीश महेन्द्रबहादुर कार्कीले पक्राउ अनुमति दिएका हुन् । पुर्जी जारी भएपछि विभागले देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्