बैंकको निक्षेप ७८ खर्ब १९ अर्ब पुग्यो, राष्ट्र बैंकले आज ४० अर्ब नगद तान्दै

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब नगद तान्ने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आइतबार ४० अर्ब रुपैयाँ नगद प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूद्वारा संकलित कूल निक्षेपको आकार ७८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५८ खर्ब ३६ अर्ब रुपैयाँ हाराहारी मात्र हुन सकेको छ । समीक्षा अवधिमा जम्मा ७३.९० प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ । तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन, जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ । बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्