Artharajniti ~ बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको छ। नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको हो। बजार अब २० मिनेटमा खुल्नेछ। यदि बजार थप बढेर पाँच प्रतिशतको वृद्धि भएका दोस्रो सर्किट ब्रेक लाग्नेछ र कारोबार ४० मिनेटको लागि स्थगित हुनेछ।बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ। चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको छ । जसले गर्दा बजारमा लगानीकर्तामा विश्वास बढ्न गएको देखिन्छ ।पहिलो सर्किट ब्रेकपछि बजारमा सबै समूहका सूचक बढेका छन् भने २२५ कम्पनीको मूल्य बढेको छ ।
चार प्रतिशत बढेर नेप्सेमा सर्किट ब्रेक



