“पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छ “: एमाले

Machchapuchchre Bank
Atharajniti  ~  नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ ।आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गर्नुभयो । उहाँले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेन–जी विद्रोह भएको बताउनु भयो । आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उहाँको भनाइ छ । पछिल्लो समय देशमा देखिएको प्रवृत्तिलाई परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्वपूर्ण अवसर भएको उहाँको तर्क छ । नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रहसमेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशंका रास्वपाले गरेको बताउनु भयो । भट्टराईले भदौ २४ को बिध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाउनु भयो ।उहाँले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्