बैंकमा पैसा थुप्रियो, कर्जा चल्न सकेन

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा निरन्तर देखिँदै आएको अधिक तरलता व्यवस्थापन गर्न आइतबारमात्रै बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । अत्यधिक तरलताले ब्याजदरमा असन्तुलन ल्याउने जोखिम बढेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोगमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अत्यधिक रूपमा थुप्रिदै गएपछि राष्ट्र बैंकले नियमितरूपमा तरलता व्यवस्थापनका उपायहरू अवलम्बन गर्दै आएको छ । पछिल्लो समय कर्जा प्रवाह सुस्त रहँदा बैकिङ प्रणालीमा तरलता उच्च रहँदै आएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७६ खर्ब रुपैयाँ नाघिसकेको छ । यस्तो अवस्थामा तरलता नियन्त्रण नगरे ब्याजदरमा अनावश्यक दबाब पर्न सक्ने भएकाले केन्द्रीय बैंकले खुला बजार सञ्चालन र निक्षेप संकलनजस्ता उपकरणमार्फत हस्तक्षेप गरिरहेको छ । निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाएका थिए । सो प्रक्रियामा ब्याजदर प्रतिस्पर्धाका आधारमा रकम बाँडफाँड गरिने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्