कुलमान, जगदिश र बब्लुलाई प्रधानमन्त्रीले भनिन् : मन्त्री पदबाट राजीनामा दिनुस् “

Machchapuchchre Bank

Artharajniti  ~   प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने बताएको ती मन्त्रीको भनाइ थियो ।भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएका थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्