आयोगले लियाे ओलीकाे लिखित बयान

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा एमालेका अध्यक्ष तथा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिएका छन् । आइतबार भक्तपुरको गुण्डुमा पुगेर जाँचबुझ आयोगको टोलीले ओलीको लिखित रूपमा बयान लिएको हो । ओलीलाई गत भदौ २३ को आन्दोलनमा निर्वाह गरेको भूमिका र भदौ २४ को घटनाको विषयमा केन्द्रित रहेर लिखित रूपमा प्रश्न सोधिएको छ । करिब ५० वटा प्रश्न बनाएर आयोगले ओलीलाई लिखित रूपमा प्रश्न सोधेको छ ।

 केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो।ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्