Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समानुपातिक बन्दसूचीमा भएका त्रुटि सच्याउन तयार भएको बताएका छन् । बुधबार पोखरा पुगेका सभापति लामिछानेले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने र रिभ्यु गर्ने बताएका हुन् । कुलमान घिसिङ पक्षसँग अन्तिम समयमा एकता गर्ने क्रममा केही समस्या भएको हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘रास्वपा विधिभन्दा बाहिर कुनै हालतमा जाँदैन । परिवारवादमा पनि स्पष्ट छौं । कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने ‘राइट टू रिकल’को व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’
“समानुपातिक बन्दसूचीमा भएका त्रुटि सच्याउन तयार छौं” : सभापति लामिछाने



